यी चार कम्पनीहरुले लाभांश वितरण नगर्ने
काठमाडौं,४ पुस । नेप्सेमा सूचीकृत थप यी ४ कम्पनीहरुले लाभांश वितरण नगर्ने घोषणा गरेका छन्।
कर्पोरेट डेभलपमेन्ट बैंक लि., गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. र विजय लघुवित्त वित्तीय संस्था लि. ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन्। ।
पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि., गणपति लघुवित्तको सञ्चालक समितिको बैठक र पुस ४ गते विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।
यी कम्पनीहरुले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन्।
प्रतिक्रिया दिनुहोस्