कृषि विकास बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं,४ पुस । कृषि विकास बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो मध्ये ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

बैंकको सञ्चालक समितिका पुस ४ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसका साथै सो बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्