सर्वोत्तम सिमेन्टले बोलायो छैठौँ वार्षिक साधारण सभा
काठमाडौं,४ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिका पुस ३ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश पारित गर्न पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्