बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित

काठमााडौं, ३ मंसिर । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका कोइराला संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

उनी यसअघि उपाध्यक्ष थिए । बुधबारको साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको हो । उनको कार्यकाल आगामी दुई वर्षको हुनेछ ।

त्यस्तै, उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, नेपाल बैंकका सीईओ तीलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्