सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो बोनस सेयर घोषणा

काठमाडौं,३ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१को नाफाबाट ३.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.१९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष बैंकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंकले स्वीकृत र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्