नेष्डो समृद्ध लघुवित्तले बोनस सेयर बितरण गर्ने

काठमाडौं,३ पुस । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको सञ्चालक समितिका पुस २ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्