राधी विद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ३ पुस । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ४ गते मंगलबार एक दिनका लागि बुकक्लोज गर्दैछ ।

कम्पनीले पुस १८ गते, बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, ललितपुरमा साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।

प्रतिक्रिया दिनुहोस्