चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न बोलायो साधारण सभा

काठमाडौं,२ पुस । चिलिमे जलविद्युत कम्पनीले गत आ.व.को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिका पुष १ गते बसेकोे बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र २ प्रतिशत (करसहित) नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले पुष २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुष १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुष १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश लिन पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्