लक्ष्मी सनराइजले बोलायो पुस २४ गते साधारण सभा

काठमाडौं,२ पुस । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

बैंकले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा २४ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजदेखि शुरु हुने सूचनामा उल्लेख छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर सहित ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्