मुक्तिनाथ विकास बैंकले गत आ. व. को नाफाबाट लाभांश वितरण नगर्ने
काठमाडौं,२ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्