मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं,२ पुस । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सो लाभांस मध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३९४७ प्रतिशत नगद लाभांश करसहित रहेको छ ।

लघुवित्तको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्