रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइयो
काठमाडौं, २ पुस । रास्वपा सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले उपस्थित गरेको छ।
प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने न्यायाधिवक्ता कमला काफ्लेले बताए ।
उनका अनुसार प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । यो मुद्धा अब सरकारी वकीलको कार्यालयमा पुगेको छ र र अदालतले के निर्ण गर्छ त्यसमा भरपर्नेे भएको छ ।
प्रतिक्रिया दिनुहोस्