साना किसान विकास लघुवित्तले पुस २३ गते डाक्यो साधारण सभा

काठमाडौं,२ पुस । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

लघुवित्तले पुस २३ गते, मंगलबार, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २३ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १३।३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०।७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक पदमा नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
लघुवित्तको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तर्थो लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्