१ विकेटको रोमाञ्चक जित हात पारे काठमान्डु गुर्खाजले
काठमाडौं, ३० मंसिर। विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग ९एनपीएल० को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।
सोमबार सुदूरपश्चिम र कर्णाली याक्सबीच हुने खेलपछि मात्र काठमान्डु प्लेअफ पुग्ने नपुग्ने टुङ्गो लाग्नेछ । सुदूरपश्चिमले कर्णालीलाई ५३ रन भन्दा बढीले पराजित गरेमा मात्र काठमाडौं नेटरनरेटमा माथि आउद्देछ ।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमान्डुले १८।१ ओभर खेल्दै ९ विकेट गुमाएर पूरा गरेको हो । काठमान्डुले आक्रमक सुरुवात गरेपनि बीचमा विकेट लगातार गुमाउँदा धर्मराएको थियो । दिपेश कँडेलले १९औं ओभरको पहिलो बलम सुवास भण्डारीलाई चौका प्रहार गर्दै काठमान्डुको जित पक्का गरेका थिए ।
काठमान्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । शंकर राना १६ रनमा अविनित रहे । रासिद खानले १४, जेरार्ड एरासमसले १२ र माइकल लेभिटले १० रन जोडे ।
बलिङमा विराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २(२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्