नेपाल हाइड्रो डेभलोपरले बोलायो साधारण सभा

काठमाडौं,३० मंसिर । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आ.व.को नाफाबाट वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्