साना किसान विकास लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं,२८ मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बस्ने भएको हो ।
लघुवित्तले आ.व.२०८०/८१ को नाफा बाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
लघुवित्तको साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्