राष्ट्रपति पौडेल द्वारा पाँच देशका राजदूत नियुक्त

काठमाडौं,२८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, स्पेन, र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गरेको हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोको जानकारी दिएकी छन् ।

दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्