भिजन लुम्बिनीका शेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने
काठमाडौं,२८ मंसिर । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि विधुत नियमन आयोग पठाउन निर्णय पनि गरेको छ ।
आयोगबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्