डिप्रोक्स लघुवित्तले गर्यो लाभांश घोषणा
काठमाडौं,२८ शुक्रबार । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ९.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५० प्रतिशत नगद लाभांश कर प्रयोजन सहित रहेको छ ।
लघुवित्तको सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्