चिसोर ह्वात्तै बढ्यो, न्यूनतम तापक्रम ३.४ डिग्री मापन
काठमाडौं, २८ मंसिर। काठमाडौंमा चिसो/जाडो ह्वात्तै बढेको छ । हिजोको तुलनामा आज झन् बढेको छ । हिजो न्यूनतम तापक्रम ३.९ डिग्री मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै जाडो हो । अहिले काठमाडौंमा ठिहिर्याउने जाडो छ ।
काठमाडौं उपत्यकामा बिहान हुस्सु पनि लागेको छ । मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार हुस्सु तराईका जिल्लामा पनि देखिएको
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले काठमाडौंमा न्यूनतम तापक्रम घट्ने र हुस्सु लाग्ने बाहेक अरु उल्लेख्य मौसमी प्रणाली नभएको बताइन् । ‘हिजोको तुलनामा झन् घटेर काठमाडौंको न्यूनतम तापक्रम ३।९ मापन भएको छ । अरु उल्लेख्य मौसमी प्रणाली केही छैन,’ उनले भनिन् ।
उनका अनुसार आज आज पनि देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहान पौने ६ बजेदेखि देशभर आंशिक बदली छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
शनिबार बिहान भने तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ । चिसो बढेकाकाले यसबाट बढ्न न्यानो कपडा र भलेलिलो खाना खान अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस्