अदालतले थप ५ दिन रवि लामिछानेलाई हिरासतमा राख्न अनुमति
काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले थप पाँच दिन म्याद थप गरेको छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो ।
गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्