आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं,२७ मंसिर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

लघुवित्तको सञ्चालक समितिका मंसिर २६ गते बसेकोे बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेकोछ । बोर्डले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्