राधी विद्युत कम्पनीले गर्यो लाभांश घोषणा

काठमाडौं,२७ मंसिर । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट उक्त दरमा लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस १८ गते वार्षिक साधारण सभा बिहान ११ बजे ललितपुरमा बोलाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन सभाले पारित गर्नेछ । त्यसैगरि बोनस सेयर पश्चात कायम चुक्ता पूँजिको ६९.८९ प्रतिशत हकप्रद सेयर जारी गर्ने लगायतका एजेण्डा रहेका छन् ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्