एचआईडिसिएलले पुस २४ गते डाक्यो साधारण सभा

काठमाडौं,२६ मंसिर । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारबाट स्वीकृती प्राप्त गरी आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

कम्पनीले पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुकक्लोज गर्ने भएको हो । पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्