कालिका लघुवित्तले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने
काठमाडौं,२६ मंसिर । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ९.५0 प्रतिशत बोनस शेयर रहेको छ भने कर सहित ०.५० प्रतिशत नगद लाभांश रहेको छ ।
लघुवित्तको सञ्चालक समितिको मंसिर २५ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त दरमा लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्