आइसिएफसि फाइनान्सले गर्यो नगद लाभांशको घोषणा
काठमाडौं,२५ मंसिर । आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सको सञ्चालक समितिको मंसिर २५ गते बसेकोे बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्