स्ट्याण्डर्ड चार्टर्डको प्रमुख कार्यकारी अधिकृतमा राणा नियुक्त

काठमाडौं,२५ मंसिर । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोरख शम्शेर जंगबहादुर राणा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले राणालाइ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनको कार्यकाल जनावरी १, २०२५ अर्थात पुस १७ गतेदेखि शुरु भइ ४ वर्षका लागि उक्त पदमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्