सानिमा माई हाइड्रोपावरले बोलायो साधारण सभा
कठमाडौं,२५ मंसिर । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिका मंसिर २४ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने छ ।
कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्