हिमालयन डिष्टिलरीले गर्यो लाभांश घोषणा

काठमाडौं,२४ मंसिर । हिमालयन डिष्टिलरी लमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश कर  सहित रहेको छ ।

कम्पनीको सञ्चालक समितिको मंसिर २३ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।

आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्