मञ्जुश्री फाइनान्सले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने

काठमाडौं,२४ मंसिर । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सको सञ्चालक समितिको मंसिर २३ गते बसेकोे बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्