तरकारी मुल्य वृद्धि, भान्सा चुलो महंगो
काठमाडौं, २४ मंसिर । आम सर्वसाधरणको लागि भान्सा चुलो महंगो भएको छ । संधै आवश्यक पर्ने तरकारी मुल्य वृद्धि भएको छ । आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ८० तथा गोलभेँडा सानो टनेलको १२० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ७४, प्याज सुकेको भारतीयको ९८, रातो मुलाको ४०, लौकाको ७०, तितो करेलाको १२०, टाटे सिमीको १२०, अनारको ४०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्