सहकारी संस्थाको साधारणसभा सम्पन्न
काठमाडौं, २३ मंसिर । कलंकी नमुना बचत तथा ऋण सहकारी संस्थाले १५ औँ साधारणसभा सम्पन्न गरेको छ । आव २०८०/०८१ मा रु १७ करोड ७० लाख ५० हजार २२० वचत संकलन गरेको संस्थाले सोही आवमा रु १५ करोड ८६ लाख १६ हजार ७९६ लगानी गरेको छ ।
शेयर सदस्य ३८४ रहेको संस्थामा ११ जनाको सञ्चालक समिति, तीन जनाको लेखा समिति पाँच जनाको सल्लाहाकार समिति, तीन जनाको कर्जा उपसमिति र दुई जनाको तालिम तथा प्रशिक्षण समिति छ । कर्जा असुली रु सात करोड ८८ लाख २४ हजार ९८३ रहेको छ भने दुई करोड ६० लाख २२ हजार ९८१ व्याज असुली गरिएको छ ।
नाफा ४९ लाख ५४ हजार ७४४ गरेको संस्थाले आय कर कट्टा गरी २५ प्रतिशत जगेडा कोषमा राखेको छ । सामाजिक उत्तरदायित्व भुवनेश्वरी मन्दिर परिसरको हरियाली प्रवद्र्धन कार्यका लागि रु पाँच हजार प्रदान गरेको संस्थाले सामाजिक विकासका कार्य समेत गरेको जनाइएको छ ।
संस्थाका अध्यक्ष भेषनारायण दाहालले आव २०८१/०८२ का लागि प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित गरिएको छ । कलंकी नमुनामा लगानी, सेवा सहयोग र आम्दानी भन्ने मूल नाराका साथ समुदायमा वित्तिय स्वाधिनता स्थापित गर्ने लक्ष्य राखिएको ऋण अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्