सिद्धार्थ बैंकले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाठौं,२३ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
बैंकले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्