सुन तोलामा ६०० रुपैयाँ घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं, २१ मंसिर। पछिल्लो समय सुन र चाँदीको मुल्यमा घटबट भएको छ । मंसिर २१ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोलामा ६०० रुपैयाँ बढेको छ । आज सुन १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ६०० रुपैयाँ बढेको हो। अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोल १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढेको छ। बिहीबार तोलाको १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन भने १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ। यसले गर्दा मासिलाई ढुक्क भएर सुन किन्ने अवस्था छैन।
प्रतिक्रिया दिनुहोस्