छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं,२० मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ८ प्रतिशत बोनस शयर रहेको छ भने ७ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश रहेको छ ।

लघुवित्तको सञ्चालक समितिको मंसिर १९ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्