श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश वितरण गर्ने
काठमाडौं,१९ मंसिर । श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १.८६५९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.०९८२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ ।
फाइनान्सको सञ्चालक समितिका मंसिर १८ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाल पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्