नेपाल एसबिआई बैंकको गर्यो लाभांश घोषणा
काठमाडौं,१९ मंसिर । नेपाल एसबिआई बैंक लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले चुक्ता पूँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ३.८० प्रतिशत बोनस शेयर रहेको छ भने ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ ।
बैंकको सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्