चिसो ह्वात्तै बढ्यो, हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, १९ मंसिर । मंसिर तेस्रो साता सुरुहुँदै गर्दा चिसो ह्वात्तै बढेको छ । आज पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ ।

राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ । अहिले पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

२४ घण्टाको अन्तरालमा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ ।
चिसो अध्यधिक बढ्ने क्रम बढेकाले बच्चा, वृद्धा लगायत सबैले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् । चिसोबाट बच्नु आजको चुनौती छ । झोलिलो खोनेकुरा, न्यानो कपडा लगाई बस्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्