राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना, आज नै शल्यक्रिया हुँदै
काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।
उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको जनाए ।
राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी समस्याको शल्यक्रिया गर्न उनी आज अस्पताल भर्ना भएका हुन् ।
प्राध्याक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्दैछ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।
राष्ट्रपति पौडेलले १५र१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको एक चिकित्सकले बताए । ‘प्रोटेस्टको सामान्य समस्या थियो । त्यही सफा गर्ने हो । प्लानअनुसार नै भर्ना हुनुभएको हो’, अस्पताल स्रोतले भन्यो ।
राष्ट्रपति पौडेलको आज नै शल्यक्रिया हुँदैछ । प्रक्रिया सुरु गरिसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार एकरदुई दिन उनलाई अस्पतालमै राख्नुपर्ने हुनसक्छ । तर, त्यसबारे कुनै निर्णय भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्