महुली लघुवित्तलाई एफपीओ निष्काशन गर्न बोर्डको स्वीकृती

काठमाडौं,१८ मंसिर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ ।

बोर्डले लघुवित्तलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गर्ने स्वीकृती दिएको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्