माउन्टेन इनर्जीले गर्यो लाभांश घोषणा
काठमाडौं,१८ मंसिर । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आ.व.को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछन ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्