कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेुका उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं, १८ मंसिर। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेुका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले शाख जोगाएको छ ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । उनी ५ हजार ३ सय ३४ मतसहित विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे ।

यहाँ नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धर तेस्रो हुन पुगे । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् ।
उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौथो स्थानमा रहे । उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

त्यतिबेला नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।

माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए । यसरी ठूलो रस्काकस्सीबीच हात प।को छ ।

प्रतिक्रिया दिनुहोस्