रविको राहदानी दुरुपयोग विरुद्धको मुद्दा फुयाल र निरौलाको इजलासमा
काठमाडौं, १७ मंसिर । राहदानी दुरुपयोगको अनुसन्धानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुद्दा नचलाउने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन सोमबार पेशीमा चढेको छ ।
महान्यायाधिवक्ताको कार्यालय र लामिछाने विरुद्धको निवेदन न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा पेशीमा परेको हो ।
अमेरिकी राहदानी प्रयोग गरिरहेको अवस्थामा लामिछानेले नेपालबाट राहदानी बनाएको र त्यसको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले मुद्दा नचल्ने भनी तयार पारेको राय सरकारी वकिल कार्यालयले अनुमोदन गरेको थियो । र, तहगत हुँदै तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत, २०७९ मा मुद्दा नचल्ने निर्णय गरेका थिए ।
त्यही निर्णयका विरुद्ध २० चैत, २०७९ मा दायर भएको रिट निवेदन पटकपटक सर्दै आएको छ ।
युवराज पौडेलले उक्त निर्णय खारेज गरेर लामिछानेमाथि अनुसन्धान गर्न आदेश हुनुपर्ने माग गरी रिटनिवेदन दर्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्