नलगाड नगरपालिका उपमेयरमा माओवादीले बाजी मारे

काठमाडौं, १७ मंसिर । जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा नेकपा माओवादीले जितेको छ । माओवादीकी देवका लामिछाने विजयी भएकी हुन्। उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् जाजरकोटमा वडाध्यक्ष गुमाएको नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।

आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका ७ को वडाध्यक्ष पद गुमायो ।

यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्