उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, १७ मंसिर । मंसिर तेस्रो साता लागेसँगै चिसो ह्वात्तै बढेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम सफा रहेर घाम लागे पनि बिहान- बेलुका ठिराउँदो चिसो छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ। सोमबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान मशाखाखाले जनाएको छ ।

दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।  सोमबार राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्