गुल्मीको मुसिकोट-१को वडाध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी

काठमाडौं, १७ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत प्राप्त गरि विजयी बनेका हुन् ।

उपनिर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार दल बहादुर थापाले ९३० मत प्राप्त गरेका थिए । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खातीले ५ मत प्राप्त गरेका छन्।

उक्त वडामा ५७.१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिएका छन् । मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदाता मध्य दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्