हेटौंडा–१२ मा कांग्रेसका तिवारी विजयी
काठमाडौं, १७ मंसिर । हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनबाट नेपाली कांग्रेस विजयी भएका छन् । योसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ ।
उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो ।
यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले २०७४ मा पनि जितेका हुन् । तर वडाको ४ सदस्य एमालेबाट विजयी भएका थिए । घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।
लगातार २ पटक माओवादीले जितेको १२ नम्बर वडा कांग्रेसका अर्जुन तिवारीले खोसे । उनले २०६३ मत ल्याए । माओवादीका उम्मेद्वार रविकुमार प्रधानले १५६० मत ल्याएर पनि पराजित भए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए ।
बागमती प्रदेशको राजधानीसमेत रहेको एकमात्र उपमहानगर हेटौंडामा गत २०७९ को निर्वाचनमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एकीकृत समाजवादीं) को गठबन्धन थियो ।
वडा अध्यक्षमा पनि सबै दल प्रतिस्पर्धी थिए । मेयरमा नेकपा एसकी मिनाकुमारी लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँले जिते ।
मेयरमा एमालेका अनन्त पौडेल र राप्रपाका दिपक सिंह प्रतिस्पर्धामा थिए । सिंह मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा जितेर हाल संसदको पुर्वाधार विकास समिति सभापति छन् । एमालेका पौडेल संविधानसभा सदस्य हुन् ।
गत स्थानीय तह निर्वाचनबाट हेटौंडाको १९ वटा वडामा एमालेले ९ वटा वडा र कार्यपालिकामा ५६ सदस्यसहित बहुमत जोगाउन सक्यो । २०७४ मा मेयर र उपमेयर जितेको एमाले ०७९ मा ११ बाट ९ वटा वडामा झरेको हो ।
कांग्रेसले उपनिर्वाचनमा जित निकालेर एमालेसँग बराबर ९ वडा जित्न सफल भएको छ । नेकपा एसले १ वटा वडा जितेको थियो । हेटौंडामा प्रत्यक्ष निर्वाचनबाट हालसम्म गैरकम्युनिष्टले नेतत्व जित्न सकेका छैनन् ।
अब हेटौंडामा कांग्रेससँग १, २, ३, ६, ७, ८, १२, १६ र १७ नम्बर वडा अध्यक्ष छन् । एमालेसँग ४, ५, ९, १०, ११, १३, १४, १५, १८ र १९ नम्बर वडामा अध्यक्ष छन् ।
गत निर्वाचनमा मकवानपुरका १० वटा स्थानीय तहमध्ये कांग्रेसको ५ वटा गाउँपालिकामा, एमालेको २ वटा गाउँपालिका, माओवादीको एउटा नगरपालिका र अर्को गाउँपालिका तथा नेकपा एसको उपमहानगरमा नेतृत्व छ ।
२०७४ मा एमालेको १ उपमहानगरसहित ५ वटा गाउँपालिकामा र कांग्रेसको २ वटा पालिकामा मात्रै नेतत्व थियो । माओवादीको एउटा नगरपालिका र अर्को गाउँपालिका नेतृत्व थियो । यो नेपाली काँगैुलाई उत्साह बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्