यी स्थानमा हु्ँदै छ, काठमााडौं उपनिर्वाचनको मतगणा

काठमाडौं, १६ मंसिर। निर्वाचन आयोगले उपनिर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन जनाएको छ ।

कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिकाको हलमा र काठमाडौंको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन नकारी दिए ।

कीर्तिपुरमा मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको छ । यसैगरी काठमाडौंको वडा नम्बर १६ मा वडाअध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

वडा नम्बर १६ का मुख्य निर्वाचन अधिकृत कमल पोखरेलको कार्यालय पनि त्यहीँ रहेकाले मतगणना पनि त्यहीँ हुनेछ ।

काठमाडौंको हकमा सबै ठाउँमा मतदान शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ । ‘काठमाडौं जिल्लाभित्रको कुरा गर्नुपर्दा आजै मतगणना सुरु गरेर सकेसम्म आजै राति वा भोलि बिहानसम्म परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्