बालुवाटारमा कांग्रेस र एमालेका नेताबीच २ घण्टा छलफल, बीआरआई बारे थापाले ब्रिफिङ गरे
काठमाडौँ, १५ मंसिर। प्रधानमन्त्रीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण र विषयम परिस्थितिका बारेमा छलफलका लागि बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच २ घण्टा छलफल भएको छ । शनिबार दिउँसो बसेको २ दलीय बैठकमा बीआरआईबारे छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार बीआरआईमा सहमति खोज्न बनेको कार्यदल सहमतिबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ब्रिफिङ गरेका थिए ।
बैठकमा दुवै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरु पूर्णबहादुर खड्का, विष्णु पौडेल, गगन थापा, विष्णु रिमाल, रमेश लेखक लगायत सहभागी थिए । बैठकमा सहभागी ती नेताका अनुसार बीआरआईमा सहमति खोज्न बनेको कार्यदललाई ओली र देउवाले धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्