बालाचतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भिड

काठमाडौं, १५ मंसिर । पशुपतिनाथ तथा देश भरको शिवालय तथा नदी /घाटहरुमा अघिल्ल्लो दिन बत्ती बाल्ले र बिहन बालाचतुर्दशीका दिन सतबिज छनेै भक्तजनहरूको भिड लागेको छ ।
शुक्रबार रातिदेखि जाग्राम बसेर आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशीका दिन भक्तजनहरूले पाशुपत क्षेत्रमा पितृको सम्झनामा शतबीज छरेका छन् ।

बालाचतुर्दशीलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथ लगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोप्ने गरिएको छ ।

यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । सुरुमा सप्तबीज ९धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।

बोलीचालीको भाषामा शतबीज छर्ने भनिने शतबीज रोपणले पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । यसले गर्दा पशुपतिनाथ तथा देश भरको शिवालय तथा नदी ÷घाटहरुमा अघिल्ल्लो दिन बत्ती बाल्ले र बिहन बालाचतुर्दशीका दिन सतबिज छनेै भक्तजनहरूको भिड लाग्ने गर्छ । त्यसे आफू्रलाई आत्म सन्तुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्